कडा साबुन र बढी गन्ध आउने मोश्चराईजेशन प्रयोग नगर्नुहोस्

तपाईँलाई मन पर्ने बढी गन्ध आउने मोश्चराइजरले तपाईँको छालालाई जाडो मौसममा अझै बढी सुख्खा बनाउन सक्छ । त्यसको सटा एलोभेरा (घिउकुमारी), ग्लिसिरिन, प्याराफिन इत्यािद मिसाएको नरम मोश्चराइजर प्रयोग गर्नुहोस् ।

तपाईँको छाला तेलीय हो भने जेल जस्तो लोसन लगाउनुहोस् । तर, यदि छाला अत्यधिक सुख्खा हो भने क्रिममा आधारित लोसन लगाउनुहोस् । छाला फुस्रो हुन सुरु भइसकेको छ भने चर्म तथा छाला विज्ञको सल्लाहमा औषधि प्रयोग गर्नुहोस् ।

जाडोमा मन तातो वा सम्भव भए चिसो पानी पर्याप्त खानुहोस् । करिब ५० प्रतिशत भन्दा बढी छालाको रोग पानी पिउँदा निको हुने भएकोले पर्याप्त पानी पिउन कन्जुस्याइँ नगर्नुहोस् ।

मन तातो पानीको सावर लिनुहोस्

जाडोको समयमा तातो पानीले मानिसको कोमल छालामा अशर हुन्छ भन्ने थाहा हुँदा हुदै पनि यसको अत्यधिक प्रयोग गर्छन् ।

तर, तपाईँ केही बेर तातो पानीमा नुहाउँदा दिउसभर शरिरको छालामा फुस्रोपन लगायतका समस्या आउँछ । बरु मनतातो पानी प्रयोग गर्नुहोस् । रगतको प्रवाहलाई पनि सुधार गर्ने भएकोले स्वास्थ्यका दृष्टिले पनि मनतातो पानी उपर्युक्त मानिन्छ ।

चिसो पानीले हातखुट्टा नधुनुहोस् किनकी चिसो पानीले तपार्इँ छालालाई दिउसभर सुख्खा बनाउँछ । छालालाई नरम बनाउनका लागि नुहाउनुअघि नरिवलको तेलले छालालाई मसाज गर्नुहोस् ।

फ्याटी एसिडको प्रयोग गर्नुहोस्

बारम्बारको मोश्चराइजको बाबजुद पनि गर्मीमा तपाईको छाला सुख्खा हुने गर्छ । मौसमी लोसनले केही हदसम्म यस समस्याबाट मुक्ती दिलाउने भए पनि चर्म तथा छाला रोग विज्ञको सल्लाह लिनुहोस् ।

विज्ञले तपाईलाई ओमेगा थ्री फ्याटी एसिड र भिटामिन ए खान सुझाब दिन्छन् । ओमेगा थ्री फ्याटी एसिडले मुटुको रोग, हाइपरटेन्सन, डायबिटिज, बाथलगायतका रोगको पनि उपचार गरिदिन्छ ।

घिउ वा तेलमा तारेका खानेकुरा नखाने

सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको खानेकुरा खाने गर्छांै । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन् ।

तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ । मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ ।

‘जाडोको समयमा त्यस्ता फलफुल खानुहोस् जसले छालालाई सुख्खापन हुनबाट बचाई चिल्लो बनाउँछ ।’ जैतुन वा नरिवलको तेलमा बनाएको खानेकुराले पनि शरिरको स्वभाविक चिल्लोलाई थप सहयोग गर्छ ।

जाडो याममा छाला सुख्खा भयो भने यसलाई निको हुन धेरै समय लाग्छ । तसर्थ मौसमी फलफूलबाट प्राप्त हुने एन्टि–अक्सिडेन्टले छालाका चायाँ लगायतका समस्याहरु निको पार्नुका साथै छाला कलिलो चम्किलो देखिन्छ । चिसोबाट बच्ने फलफूलहरु पनि पर्याप्त खानुहोस् ।

अनुहार र छालामा कपडा राख्दा बिचार पु¥याउनुहोस्

ऊनी र बढी तातो हुने लुगाहरुले पनि छाला चिलाउँछ र फुस्रो बनाउँछ । तसर्थ शरिरमा सबैभन्दा भित्र कटनको लुगा लगाएर मात्र उनीको सर्ट वा थर्मल भेस्ट लगाउनुहोस् ।

यसले तपाईँको छाला चिलाउने समस्या हट्छ र उनीको लुगाबाट हुने जुनसुकै एलर्जीबाट मुक्ती पाइन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #जाडोमा छाला #जोगाउन सकिन्छ