नकोट्याउनुस्

ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन । नत्र घाउ लाग्न सक्छ ।

बाममाथि लिपस्टिक लगाउनुस्

जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ । यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ ।

ओठ नचाट्नुस्

जाडोमा ओठ सुखा हुने भएकाले ओठ फुट्ने गर्छ । ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ । यस्तो गर्नु हुँदैन । यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ ।

लिपबाम दल्नुस्

समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस् । भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ ।

स्क्रब गर्नुस्

फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ । यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ ।

चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ । यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ । यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन ।

स्वास्थको सहयोगमा

 

Topics #जाडोमा ओठ