१) बेसनरचनाको पिठो :

बेसनरचनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउनु र १०र१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

२) मह :

मह पनि एक औषधिको रुपमा प्रयोग हुने चीज हो । नुहाइसकेपछि पानीम एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ ।

३) पुदिना :

पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।

४) नीमको पात :

नीमको पातले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ । नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ ।

5) कागतीको रस :

कागतीले छालामा रहेको पीएच लेभललाई घटाँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ । कागतीलाई आधा गरी काटेर काखीमुनी दल्ने गर्नाले पसिनाको दुर्गन्ध कम हुन्छ ।

६) गुलाब जल :

गुलाब जलले पनि पसिनाको दुर्गन्ध हटाउनमा मद्दत गर्छ । यसलाई केही थोपा पानीमा मिसाएर नुहाउनाले शरीरमा लामो समयसम्म दुर्गन्ध आउनबाट रोक्छ ।

स्वास्थको सहयोगमा 

Topics #घरेलु औसधि #पसिनाको दुर्गन्ध