सन्तुलित खाना खानुहोस्

शरिरको फ्याटलाई सदैब सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कम पनि होइन । बढी तौल र न्यून तौल दुबैले बाझोपनको समस्या ल्याउँछ । आफूलाई मन पर्ने व्यायाम गर्नुहोस र पोषणलाई पनि राम्रोसँग ध्यान दिनुहोस् ।

परिस्कृत वा परिमार्जित खाना र बढी चिनि सम्भव भएसम्म नखानुहोस् । खानलाई सकेसम्म प्राकृतिक अवस्थामै खानुहोस् । मोटा महिलाहरुको सेक्स हर्मन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ ।

त्यस्तै न्यून फ्याट भएमा पनि अन्डकोशबाट अन्डा निस्काशन हुने प्रक्रियामा असर पर्छ । तपाईंको भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खानुहोस् ।

यदि मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ ।

पारिवारिक ईतिहास बुझ्नुहोस्

तपार्इं¬को शरिर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो । यही चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ ।

तपाईको पारिवारिक ईतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्म बारे बुझ्नुहोस् । यदि तपाईको आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपाईंको उर्वरता पनि त्यति समयसम्म हुने सम्भावना हुन्छ ।

यदि आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईंमा पनि हुन सक्छ ।

यौनजन्य रोगहरुबाट बच्नुहोस्

महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ ।

समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमान्सँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ ।

नियमित परीक्षण गर्नुभयो भने तपार्इंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

धुमपान छोडिदिनुहोस्

धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ ।

धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक अशर प्रभाव पर्छ ।

धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुु¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ ।

अकुपन्चरबारे सोच्नुहोस्

अकुपन्चरको शरिरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ ।

अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ ।

स्वास्थको सहयोगमा 

 

Topics #ढिलो सन्तान जन्माउने महिला