बालबालिकाको कहिलेकाहीँ बिना कारण पनि पेट दुख्छ ? किन

जुका पर्दा, सानो आन्द्रामा समस्या हँदा वा एपेण्डिक्स सुन्निँदा नाइटो वरिपरि दुख्छ । मुत्र नलीमा पत्थरी हुँदा वा एपेण्डिस सुन्निँदा पेट दुखाइ एक ठाउँमा सर्दछ भने हर्नियाले गर्दा तल्लो पेटको छेउतिर भारी भहसुुस हुन्छ ।

झाडापखाला, आउँ, रगतमासी जस्ता रोग लाग्दा वा पित्त थैली, एपेन्डिक्स जस्तै भित्रि अङ्गहरु सुजन भई पेट दुख्दा उल्टी आउने, ज्वरो आउने हुनसक्छ ।

आन्द्राको भित्रि तहमा चिडचिडाहट हुँदा, कब्जियत हुँदा, ल्याक्टोजन नपच्ने बेथा लाग्दाको पेट दुखाइ छुट्टै खालको हुन्छ । पेटको भित्रि अङ्गहरु तथा बाहिरको छाला एवं मांसपशीमा भएको पिडा मेरुदण्डमा रहेको स्नायु प्रणाली हुँदै गिदीमा पुग्दछ र पिडा महसुुस हुन्छ ।

माथिल्लो पेट दुखेको भए आमाशय, पित्त थैली, कलेजो, फियोमा समस्या हुनसक्छ । दायाँ वा बायाँ साइडतिर पेट दुखेको भए मृगौला वा ठूलो आन्द्रामा समस्या हुनसक्छ ।

तल्लो पेटमा दुखेको भए मुत्रथैली, पाठेघर, डिम्बबाहिनी नलीमा समस्या भएको हुनसक्छ । दिसा, पिसाबको सामान्य जाँच, रगतको जाँच, एक्सरे, इन्डोस्कोपी तथा अल्ट्रासाउन्डको मद्धतले ठ्याक्कै पेट दुख्नुको कारण पत्ता लगाउन सकिन्छ ।

पेट दुखाइको कारण अनुसार नै औषधी खुवाएर वा शल्यक्रिया गरेर पेट दुख्ने समस्याको निराकरण गर्नुपर्दछ ।

स्वास्थको सहयोगमा