पेट फुलेको बेलामा भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने समस्या ठिक हुन्छ ।

कुनैपनि महिला सुत्केरी हुदाँ दूध कम भएमा ज्वानोको प्रयोग बढी गर्नाले महिलाको स्तनमा दूध बढ्दछ । महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुने गर्दछ ।

ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम रहेको हुन्छ, जसले गर्दा क्याल्सियम बढी आवश्यक पर्ने बालबालिकाहरू, बुढाबुढी तथा सुत्केरीहरूले ज्वानोको नियमित प्रयोग गरेमा फाइदा हुने गर्दछ ।

नेपालमा ज्वानोको प्रचलन सुत्केरी अवस्थामा महिलाहरूका लागी भने धेरै गर्ने गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि ज्वानोको प्रयोगलाइ निकै लाभदायक मानिएको छ ।

ज्वानोले पाचनशक्ति बढाउँने मात्र भनै हानीकारक जीवाणु एवम् कृमिनाश गर्दछ । यसले वायुविकार हटाउँछ । गर्मी, सर्दी दुबै मौसममा अनुकुल हुने ज्वानोले मानिसहरूलाइ धेरै फाइदा पुर्याउँदछ ।

ज्वानोको प्रयोग पेटको दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्नका लागी गर्दा फाइदाजनक हुने गर्दछ । आयुर्वेदमा त ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा लेखिएको पाइन्छ ।

स्वास्थको सहयोगमा

 

Topics #ज्वानोको फाइदा