आजकल त सानै उमेरका मानिसलाई पनि मुटुरोगले सताइरहेको हुन्छ । तर दिनदिनै व्यायाम गर्दा चाहिँ मोटो मान्छेलाई पनि हार्ट अट्याक हुन पाउँदैन ।

मोटो मान्छेले दिनको तीनदेखि चार घण्टा शारीरिक श्रम वा व्यायाम गरेमा अनेकौं समस्याबाट मुक्ति पाउँछन् । व्यायाम गर्दा शरीर ऊर्जावान रहन्छ र तनावबाट मुक्ति पाइन्छ ।

बिहानै उठेर व्यायाम गर्दा हाम्रो सुत्ने, उठ्ने र खाने सही समय र बानी बन्छ । यसले गर्दा हामीलाई राम्रो निद्रा लाग्छ र पाचनक्रिया पनि तन्दुरुस्त हुन्छ ।

दिनभरि पाइने अक्सिजनको तुलनामा बिहान व्यायाम गर्दा हामीलाई बढी अक्सिजन प्राप्त हुन्छ जसले गर्दा फोक्सो बलियो हुन्छ ।

दिनदिनै व्यायाम गर्दा शरीरमा रक्तसञ्चार पनि सही हुन्छ र रोगप्रतिरोधक क्षमता बढ्छ । यसो भएमा रोग लाग्ने सम्भावना पनि घट्छ ।

राम्रो स्वास्थ्यका लागि नियमित व्यायाम अत्यन्तै आवश्यक हुन्छ । व्यायाम गरेपछि हाम्रो पूरा दिन नै ताजा हुन्छ र मांसपेशीहरू पनि मजबुत हुन्छन् । राम्रो स्वास्थ्यका लागि दिनदिनै बिहान व्यायाम गर्ने बानी बसाल्नुस् ।

दिनभरि बसेर गर्ने जागिर भएका व्यक्तिले त व्यायाम गर्नैपर्छ किनकि शरीर यताउता नचलाइकन काम गर्ने मानिसलाई अनेकथरी रोग लाग्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #राम्रो स्वास्थ्यका लागि नियमित व्यायाम