थाहा पाउनुहोस् अल्कोहल मसाजका यी ५ फाइदाहरु

१. जाडोमा न्यानोपनको लागि अल्कोहलको मसाज धेरै नै लाभदायक हुन्छ । अल्कोहलले मसाज गरेपछि तपाईले एकै छिनमा न्यानो महसुस गर्न सक्नुहुन्छ ।

२. शारीरिक मेहनत गरेपछि हुने मांसपेशीको दुखाईमा अल्कोहलको मसाज धेरै नै फाइदाजनक हुन्छ । यसले दुखाई भएको भागमा मसाज गरेर करिब एक घन्टा त्यत्तिकै रहन दिनुहोस् र पछि धुनुहोस् ।

३. हल्का फुल्का चोट र घाउमा अल्कोहलको मसाज गरेर त्यसलाई छिटो ठिक बनाउन सकिन्छ । यो सम्बन्धित स्थानमा लगाएमा एन्टिबायोटिकले झैं गरि छिटो असर गर्छ र छिटो ठिक गर्न मद्धत गर्छ ।

४. छालामा मात्रै होइन कपालमा पनि यसले मसाज गर्नाले फाइजनक हुन्छ । बियरको प्रयोग गरेर कपाललाई मुलायम चम्किलो बनाउन सकिन्छ ।

५. छाला र नङमा आउने कुनै पनि प्रकारको फंगसको लागि यो धेरै नै प्रभावकारी हुन्छ । यसलाई कपासले चोबेर सम्बन्धित ठाँउमा लगाउनुहोस् र सुक्ने बेला सम्म यत्तिकै राख्नुहोस् । यसलाई धुने हतार नगर्नुहोस् ।

स्वास्थको सहयोगमा