१. काउलीः

काउली तथा ब्रोकाउलीमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा कोलिन, ग्लुटाथियोन लगायतका तत्व पाइन्छन् ।

२. कटुस, ओखर जस्ता नट्सहरुमा पर्याप्त प्रोटिन, चिल्लोका साथै भिटामिन इ, ओमेगा ३ फ्याट्टी एसिड तथा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।

३. अण्डाको पहेँलो भाग :

मा प्रोटिन, जिंक, सेलेनियम जस्ता तत्वहरु हुने भएकाले यसको सेवन मानिसको रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी हुन्छ ।

४. दहीः

दही स्वास्थ्यको लागि निकै लाभदायी खानेकुरा हो । यसको सेवनले आन्द्राका विभिन्न खाले रोग र क्यान्सर समेतको जोखिम कम गर्ने र सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने विज्ञहरुको दाबी छ ।

५. लसुनः

 

यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व हुन्छ । साथै यसले सरीका सिपाही मानिने सेता रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहन गर्छ ।

६. अंगुरः

अंगुरमा प्रसस्तै भिटामिन सी पाइन्छ । यसमा बायो फ्लाभिनोइड्सका साथै अन्य फाइटो न्युट्रिएन्टस्हरु पाइन्छ । समग्रमा यसले सरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।

७. च्याउः

च्याउमा सेलेनियमका साथै एन्टि अक्सिडेन्ट तत्व पाइन्छ । भिटामिन बी लगायतका भिटामिन पनि च्याउमा प्रसस्तै पाइन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइने विभिन्न अनुसन्धानले देखाएको छ ।

८. सागपातः

विभिन्न नामका हरिया सागपातमा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।

स्वास्थको सहयोगमा 

Topics #लड्ने क्षमता #शरीरको रोग विरुद्ध