चिनी-

बाडुली आउँदा तुरुन्तै एक चम्चा चिनी सेवन गर्नुहोस् । केही समयपछि बाडुली आउन रोकिन्छ ।

भिनेगर-

भिनेगरको प्रयोग थुप्र्रै समस्यमा गर्न सकिन्छ । एक चम्चा भिनेगरको सेवनले बाडुलीमा तुरुन्तै राहत दिलाउँछ । यसको अमिलो स्वादले बाडुली रोक्न मद्दत गर्छ ।

नुन पानी-

थोरै नुनलाई एक गिलास पानीमा मिसाएर एक या दुई पटक पिउनुहोस् । यसबाट बाडुलीको समस्या तुरुन्त रोकिन्छ । यसका साथै बिस्तारै श्वास लिँदा पनि आराम मिल्छ ।

चकलेट पाउडर-

बाडुली लाग्न थाल्नेबित्तिकै चकलेट पाउडर एक चम्चा खानहोस् । यसबाट केहीसमयमै बाडुली रोकिन्छ।

कागती र मह –

बाडुली रोक्न कागती लाभदायी हुन्छ । एक चम्चा कागतीको ताजा रसमा एक चम्चा मह राख्नुहोस् । अब यो मिश्रणलाई चाट्नुहोस् । बाडुली लाग्न रोकिन्छ ।

श्वास केहि बेर रोक्नु होस् –

बाडुली लागेमा लामो श्वास लिनुहोस् र केही सेकेण्डका लागि रोक्नुहोस् । विज्ञका अनुसार जब फोक्सोमा कार्बनडाइअक्साइड भरिन्छ, त्यसलाई श्वासप्रश्वास प्रक्रियामा महत्वपूर्ण मानिएको अंग डायफ्रामले बाहिर निकाल्छ र बाडुली रोकिन्छ ।

मरिच –

मरिचका तीन दानालाई चिनी या मिश्रीको एक टुक्राका साथ चपाउनुहोस् आवश्यक परे एक घुड्को पानी पनि पिउन सक्नुहुन्छ । यसो गर्दा तत्काल बाडुली रोकिन्छ । यो उपाय पूरै सुरक्षित पनि हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #घरेलु उपाय #बाडुली रोक्न