पफ्र्युम –

केटाले पफ्र्युम पनि नछुटाउनुहोस् । आफ्नो शरीरबाट निस्किएको गन्ध कहिलेकाहीँ आफैँलाई थाहा हुँदैन । तर, नजिकै रहेका अरूलाई आफ्नो शरीरको गन्धले असर गरिरहेको हुन्छ ।

घरबाट बाहिर निस्किने वेला पफ्र्युम प्रयोग गरे अरूसामु गन्हाउनु पर्दैन ।

बडी वास –

बडी वासमा सोडियम हाइड्रोअक्साइडको मात्रा कम हुन्छ । यसकारण नुहाउनका लागि साबुनभन्दा बडी वास प्रयोग गर्नु राम्रो हुन्छ ।

बडी वासले छालामा रुखोपन पनि ल्याउँदैन । बडी वासले सकेसम्म दिनहुँ नुहाउँदा शरीरको छाला स्वच्छ रहन्छ ।

सेभिङ क्रिम –

दाह्री काट्ने सवालमा पनि निकै ख्याल गर्नुपर्छ । कतिपयले पानीले भिजाएर मात्रै दाह्री काट्ने गर्छन् भने कतिपयले साबुन प्रयोग गरेको पनि देखिन्छ । यस्तो गल्ती नगर्नुहोस् ।

सेभिङ क्रिम या जेलको प्रयोग गर्नुहोला । क्रिमले दाह्री र छालालाई मुलायम बनाउँछ । दाह्री काट्दा दुख्न दिँदैन, छालामा चोट लाग्ने डर हुँदैन ।

सामान्य सेभरले दाह्री काट्दा समस्या हुन्छ भने इलेक्ट्रिक सेभर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

सेभिङपछि क्रिम –

दाह्री काटेपछि छालालाई त्यत्तिकै नछाड्नुहोस् । छालालाई मुलायम बनाइराख्न लोसन प्रयोग गर्न नभुल्नुहोला ।

नाइट क्रिम –

दिनभरिको बाहिरी वातावरणले शरीरको छालालाई रुखो बनाएको हुन्छ । हातगोडाका छाला बढी रुखो बनेको हुन्छ । शरीरको छाला सधैँ दुरुस्त राख्न केटाले नाइट क्रिम प्रयोग गर्नैपर्छ ।

हातगोडा धोएर सफा गरेपछि राति सुत्नेवेला नाइट क्रिम लगाउनुहोला ।

स्वास्थको सहयोगमा 

 

Topics #आफ्नो सौन्दर्यका लागि पुरुष