१) कागतीको रसलाई महमा मिलाएर फ्रिजमा राख्नुहोस । राति सुत्नेबेलामा फ्रिजमा रहेको लेपलाई ओठमा लगाउनुहोस् । विस्तारै तपाईंको ओठ गुलावी हुने छ ।

२) गुलावका पत्तीहरुलाई मसिनोगरी पिसेर त्यसलाई ओठमा लगाउनुहोस् । केही समय राखेर सफा गर्नुहोस । अब तपाईंको ओठ गुलावी हुनेछ ।

३) नौनी घ्यूलाई थोरै अलैंचीको पाउडर मिलाएर ओठमा लगाउनुहोस । केहिसमयपछि सफा गर्नुहोस् । यो प्रक्रिया सात दिनसम्म गर्नुभयो भने तपाईंको ओठ गुलावी हुनेछ ।

४) घ्यूमा नुन मिलाएर राति सुत्नुभन्दा अगाडि लगाउनुहोस् । कालो ओठ विस्तारै गुलावी बन्नेछ ।

५) चुकन्दरको टुक्रालाई तपाईंको ओठमा दल्नुहोस् । करिब एक घण्टा त्यसलाई त्यत्तिकै छोडिदिनुहोस् । अब यसलाई सफा गर्नुहोस तपाईंको ओठ गुलावी देखिने छ ।

स्वास्थको सहयोगमा 

Topics #ओठलाई गुलावी