१) टेलिभिजन हेर्ने, वा ट्याब्लेट वा फोनमा व्यस्त रहने

उज्यालो प्रकाशले हाम्रो सुत्ने व्यवहारमा असर गरेजस्तै टेलिभिजन, ट्याब्लेट, ल्यापटप वा स्मार्टफोनको चम्किलो स्त्र्किनले पनि सुत्ने बानीमा असर गर्छ ।

यदि तपाईंले टेलिभिजनमा केही हेर्दै हुनुहुन्छ भने त्यसले तपाईंको प्राकृतिक तनावको मात्रा बढाउन सक्छ । विशेष गरी फिल्म वा थ्रिलर हेर्दा, त्यसले हाम्रो मानसिक अवस्थामा परिवर्तन ल्याउँछ ।

स्मार्टफोन वा ट्याब्लेटको पनि त्यस्तै हो । विशेष गरी सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा त्यसले निद्रामा असर गरिरहेको हुन्छ ।

२) सुत्ने बेला तरल पदार्थ पिउने

सुत्ने बेलामा मदिराजन्य र अन्य पदार्थ पिउनाले पनि निद्रालाई असर गरेको हुन्छ । कसैलाई मदिरा पिउनाले राम्रो निद्रा पर्छ भन्ने भ्रम रहेको हुन्छ । तर, यो सत्य होइन ।

३) बेलुकाको खाना ढिलो खाने

समयमा निद्रा नपर्नुको अर्को कारण बेलुकाको खाना ढिलो खानाले हो । यदि तपाईंलाई निद्रामा समस्या छ भने, डिनर चाँडै खानुहोस् । खाना खानासाथ सुत्नु पनि स्वास्थ्यका लागि राम्रो नहुनाले बेलुकाको खानेकुरा चाँडो खानु राम्रो हुन्छ ।

४) हल्लामा सुत्ने

हल्ला भनेको सवारी साधनको आवाज, रोइरहेको बच्चा वा छिमेकमा भएको हल्ला हुन सक्छ । यसले गर्दा मस्त निद्रामा असर गरेको हुन सक्छ । त्यसैले, सुत्ने बेला सकेसम्म हल्लाबाट टाढा रहनु राम्रो हुन्छ ।

यदि हल्लाबाट टाढा रहन सम्भव भएन भने कानमा केही लगाएर सुत्दा राम्रो हुन्छ ।

५) तातोमा सुत्ने

जाडो महिनामा हिटर वा इलेक्ट्रिक ब्ल्याङ्केट चलाएर सुत्नाले पनि निद्रामा समस्या हुन सक्छ । धेरै तातोभन्दा ठिक्कको तापक्रम भएको बेडरुम उपयुक्त हुन्छ । बेडरुमको तापक्रम १५ देखि १९ डिग्री सेल्सियस हुनु राम्रो मानिन्छ ।

६) घडी हेर्ने

सुतिरहेको बेला ब्युझेपछि घडी हेर्ने र निदाउन नसक्ने सबैभन्दा गाह्रो विषय भएको विशेषज्ञहरु बताउँछन् । म किन यति चाँडै ब्युँझेरु फेरी सुतुँ कि नसुतुँ ?, यस्ता प्रश्नहरुले गर्दा मानिसहरुको निद्रालाई असर गर्ने उनीहरुको दाबी छ ।

७) उज्यालो कोठामा सुत्ने

उज्यालो कोठामा सुत्ने वा चम्किलो बत्ती बालेर सुत्नाले निद्रामा असर गर्छ । हाम्रो दैनिकी उज्यालो र अँध्यारोले नियमन गर्छ ।

अँध्यारोले हाम्रो मष्तिष्कलाई निद्रा लागेको महशुस गराउँछ भने उज्यालोले मस्तिष्कलाई ब्युझाउँछ । धेरै मानिसहरुका लागि उज्यालोभन्दा अँध्यारो कोठा सुत्नका लागि उपयुक्त हुन्छ  ।

८) अनियमित तालिका

हामी सबैको व्यस्त समयतालिका हुन्छ । तर हाम्रो सुत्ने र उठ्ने समय अनियमित भएमा निद्रामा समस्या देखा पर्छ । केही साताको अवधिसम्म सुत्ने र उठ्ने नियमित समय तालिका मिलाउने हो भने निद्रा एउटा तालिकामा आउँछ ।

यसले निद्राको गुणस्तर सुधार्ने मात्र नभई जीवनको गुणस्तर पनि सुधार्ने विशेषज्ञहरु बताउँछन् । ६ सातासम्म यसो गर्यो भने फरक महसुस हुन्छ ।

९) धेरै मात्रामा क्याफिन पिउने

बेलुका ८ बजे कफी खाएर मस्त निदाउन सक्ने निकै कम मानिस हुन्छन् । सामान्यतयाः मानिसलाई धेरै जसो क्याफिन प्रशोधन गर्न आठ देखि १० घन्टाको समय लाग्छ ।

यदि कसैलाई निद्रामा कठीनाई छ भने, कफीको अन्तिम कप मध्याह्न १२ बजेभित्रै लिनुपर्छ ।

स्वास्थको सहयोगमा 

Topics #मानिसहरुले निद्रालाई असर पुर्या्इरहेको