शरीरा आलश्य भैरहेको छ भने वा ज्वरो आउन लागेको छ भने पुदीनाको रस र तुलसीको रस बराबर मात्रामा मिलाएर त्यसमा केही सख्खर हालेर पिउनाले आराम मिल्दछ ।

दाँतमा किरा लाग्यो भने तुलसीको रसमा कपूर मिलाएर कपासमा भिजाएर लगाएमा आराम हुन्छ ।

तुलसीलाइ चियामा हालेर हर्बल टी बनाएर पिउन सकिन्छ । यसले निकै फाइदा पुर्याउँदछ । यसले शरीरमा प्रतिरोधक क्षमता बढ्दछ । त्वचा रोगबाट सम्बन्धित विकार टाढा हुने गर्दछ ।

काडापानीमा तुलसीको पत्ति हालेर पिएमा कफ, खोकी तथा रूघालाइ आराम पुर्याउँदछ । एक कप चियामा तुलसीको चार पत्तिहरू प्रयोगमा ल्याउन सकिन्छ ।

यसको पातलाइ कहिल्यै त्यतिकै चपाउनु हुँदैन यसलाइ त पानीमा राखेर पिउनु पर्दछ, किभने यसको पातमा पारो मरकरीको एक माथिल्लो परत हुन्छ, जसले तपाइँको दातको इनामेलको लेयरलाइ हानी पुर्याउन सक्दछ ।

स्वास्थको सहयोगमा 

 

Topics #तुलसीको पात #फाइदा