१. कपाल झर्ने विभिन्न कारण हुन सक्छन् । शरीरमा लागेको रोग, खानपिनलगायतले कपालमा असर गरेको हो भने नयाँ उपचार प्रक्रियामा जानुपर्छ ।

यसका लागि सबैभन्दा पहिले त कपाल झर्नुको कारण पत्ता लगाउनु जरुरी हुन्छ । अन्य रोगका कारण कपालमा असर परेको हो भने पहिले रोगकै उपचार गर्नुपर्छ ।

२. शुद्ध तोरीको तेलमा नरिवलको तेल मिलाएर मन तातो बनाउने र नुहाउने अघिल्लो रात पुरै जरा जरा सम्म औंलाको सहयेताले मसाज गर्ने गरेमा धेरै हद सम्म कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

३. कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । कपाल झरेर सकिने भयो भन्ने चिन्ता छ र कपाल जोगाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाइहाल्नुहोस् ।

लामो कपाल धेरै झर्ने सम्भावना हुन्छ । लामो कपालको ‘वेट’ धेरै हुने भएकाले छिटो झर्न सक्छ । कपाल छोटो बनाएपछि केही हदसम्म झर्न कम हुन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #कपाल आउछ #हातले कपाल समातेर तान्दा