पेटमा समस्या :

लगातार चुईङगम खानाले पेट र पाचन प्रणालीमै असर पर्न सक्छ । खाना खाएपछि पच्न केही समय चाहिन्छ, तर, लगातार चुईङगम चपाइरहेपछि मुखबाट निस्किएको ¥यालले खाना पचाउने समय दिदैंन ।

जसले गर्दा ग्यास्ट्रिक र दुखाईको समस्या आउँन सक्छ । ग्यास्ट्रिकको समस्या पछि गएर अल्सर पनि बन्न सक्छ ।

मृगौलामा समस्या :

यदि दाँतमा मक्र्युरी भरिएको छ भने चुइङगम लगातार चपाउँनाले त्यो निस्कन्छ । मक्र्युरी मेटाबोलिजमका लागि खतरनाक हुन्छ । मक्र्युरीले रगत, पिसाब नली, नसा र ब्रेनलाई असर पार्छ ।

अनुहारको मांसपेशीमा समस्या :

किशोर उमेरमा अत्यधिक चुइङगम खानाले बंगाराको हड्डी तथा मांसपेशी तन्कन्छ र अनुहार ठुलो बन्न सक्छ ।

दाँतको सडन :

गुलियो पदार्थ प्रयोग गरिएको चुइङगमले दाँतको सडन र गिजाको रोग निम्त्याउँछ । तत्कालै ब्रस गरिएन भने चुईङगमा भएको गुलियो पदार्थले विस्तारै दाँतको इनामेलमा असर पु¥याउँछ ।

यसबाट बच्न चिनीको मात्रा कम मिसाइएको चुइङगम मात्र प्रयोग गर्ने बानी बसाल्नुस् । तर, अप्राकृतिक गुलियो प्रयोग गरिएको चुईङगमले कसैलाई एलर्जी, चिडचिडापन र टाउको दुखाई निम्त्याउन सक्छ ।

बंगारामा समस्या :

चुइङगम चपाउने बानीले बंगारामा दबाब सिर्जना गराउन सक्छ । तत्काल वास्ता गरिएन भने यसले ‘टेम्पोरोमान्डि ज्वाइन्ट डिस्अर्डर (टिजेडी) हुन सक्छ, जसबाट असैह्य रुपमा अनुहारको दुखाई र घाँटीमा असजिलोपना निम्तिन सक्छ ।

स्वास्थको सहयोगमा 

Topics #चुइङगम खानुका बेफाइदा