दम रोगमा-

१ चम्चा मनतातो भाँङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।

वाथ भएमा-

भाँङको तेलको मालिस गर्नाले पनि वाथ रोग निको हुन्छ ।

अल्काई भएमा-

भाँङको पातको लेदो र आलस पिनेर मिसाएर अल्काईको घाउमा लेप लगाउने गरेमा रगत आउने, दुख्ने सम्पूर्ण ठीक हुन्छ ।

मलेरिया ज्वरो आएमा-

भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १र१ गोली २र२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।

भोक जगाउन-

१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।

घाउ, खटिरा आएमा-

भाङको पात पानीमा पिनेर लेप गर्नाले घाउ, खटिरा आदि निको हुन्छ ।

कर्णशूल-

कान चर्कने रोग भएमा भाँङको रस मनतातो गरी २्२ थोपा हाल्ने गरेमा ठीक हुन्छ ।

निद्रा नलाग्नेमा-

भाँङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।

टाउको दुखेमा-

भाँङको पातको रस कंचटमा दल्नाले पनि टाउको दुखेको ठीक हुन्छ ।

आइमाइको हिस्टिरिया रोगमा-

१ चम्चा भाँङको रसमा १ चिम्टी फुराएको हिङ फिटेर बिहान्बेलुका खाने गरेमा ठीक हुन्छ ।

टाउकोको चायामा-

भाँङको पातको रसले नियमित तेल लगाए झै टाउकोमा राम्ररी दलेर नुहाउनाले चाया विस्तारै जान्छ ।

स्वास्थको सहयोगमा

 

Topics #भाङका औषधीय गुण