गाँजरको हलुवा, यो नाम सुन्ने बित्तिकै हाम्रो जिब्रोले प्रतिक्रिया देखाउँन सुरु गरिहाल्छ । गाँजरको हलुवा मन नपराउँनेहरु सायदै होलान् । गाँजरको हलुवा स्वादिलो मात्रै होइन, यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । सुनमा सुगन्ध भन्ने उखानमा झै गाँजरको हलुवामा स्वाद त छ नै, स्वास्थ्यमा पनि यसले फाइदा पुर्याउँने भए पछि यो परिकार वास्तममै झन् मुल्यवान सावित हुन्छ ।

विधि

गाजरलाई पहिला मज्जाले कोर्नुस् ।

फेरि एउटा प्यानमा एक लिटर दूध मधुरो आगोमा उमाल्नुस् ।

दूध मज्जाले उमालेपछि गाजर हाल्नुस् र तीन मिनेटका लागि मज्जाले पकाउनुस् ।

त्यसमा काजु, बदाम, किसमिस र पिस्ता हाल्नुस् ।

अब त्यसमा चिनी र अलैंचीको धूलो हालेर फ्लेभर मिक्स गर्नुस् ।

गाजरको खीर तयार भयो । यसलाई तात्तातो पस्किनुस् ।

सामग्री

गाजर २०० ग्राम

दूध एक लिटर

काजु तीनवटा

बदाम तीनवटा

किसमिस तीनवटा

पिस्ता तीनवटा

चिनी ७० ग्राम

अलैंचीको धूलो एक चिम्टी

स्वास्थको सहयोगमा 

Topics #गाजरको खीर