​बस्दा खुट्टा हल्लाउने बानी अनिद्राजन्य रोग पनि हो । निद्रा पूरा नहुँदा व्यक्तिले थाकेको अनुभव गर्छ ।

लक्षणहरूका आधारमा रगतको परीक्षण गरिन्छ । पोलिसोम्नोग्राफी गराएर पनि यसको पुष्टि गरिन्छ । यो परीक्षणले निद्रा नआउने कारण पत्ता लगाइदिन्छ ।

गोडा धेरै हल्लाउनु रोगको लक्षण हो तर मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् । अलिक ध्यान पुर्याउने हो भने यस रोगबाट बच्न सकिन्छ ।

यसको उपचारमा आइरन चक्कीहरू दिइन्छ । समस्या गम्भीर रहेछ भने अन्य औषधि पनि दिइन्छ । त्यस्तो औषधि सुत्नुभन्दा दुई घन्टाअघि लिनुपर्छ ।

औषधिले अनिद्रा हटाएर स्थितिलाई सामान्य बनाउँछ । हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड जस्ता व्यायामले पनि राहत दिलाउँछन् ।

अत्यधिक चिन्ता लिने व्यक्तिको पनि गोडा अनायासै धेरै हल्लिने गर्दछ ।यो रोगबाट पीडित व्यक्तिले निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँने गर्छन ।

लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ । यो खासमा स्नायुप्रणालीसँग जोडिएको रोग हो । गोडा हल्लाउँदा व्यक्तिमा डोपामाइन हर्मोन रिलिज हुन्छ र बारम्बार गोडा हल्लाउन मन लाग्छ ।

स्वास्थको सहयोगमा 

Topics #खुट्टा हल्लाउने बानी