हामी प्राय बिहान चिया पिउने गर्छौं । तर यसो गर्नु गलत हो । खाली पेटमा हामीले पानी पिउने गर्नुपर्छ । खाली पेटमा पानी पिउनु स्वास्थ्यको लागी निकै फाइदाजनक छ ।

खाली पेटमा पानी पिउनाले हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु यस प्रकार छन् :

१) मोटोपन घट्छ :

हरेक बिहान खाली पेटमा पानी पिउनाले शरीरको मेटाबोलिजम २५% बढ्छ । जसले गर्दा हामीले खाएको हरेक खान पच्छ र उर्जामा परिवर्तन हुन्छ । यसले गर्दा शरीरमा अनावश्यक बोशो लाग्दैन र तौल बढ्दैन ।

२) पेट सफा हुन्छ :

खाली पेटमा पानी पिउनाले हाम्रो पेटमा रहेका विषाक्तहरु सफा हुने गर्छ । पेटमा जम्मा हुने ग्याँस पनि बाहिर निस्कन्छ । जसले गर्दा हामीलाई ग्याँसट्रिकको समस्या हुदैन । हाम्रो पेट स्वास्थ्य रहन्छ ।

३) बिषाक्ति निस्कन्छ :

पानी पिउनाले शरीर भित्र रहेका बिषाक्तिहरु बाहिर निस्कन्छ । जसले गर्दा हामीलाई विभिन्न प्रकारका रोगहरु लाग्दैन । यसले हामीलाई स्वास्थ्य राख्न मद्धत गर्छ ।

४) खान रुच्छ :

बिहान पानी पिउनाले हाम्रो पेट सफा हुने गर्छ । जसले गर्दा हामीलाई भोक लाग्ने गर्छ । त्यसैले हामीलाई हामीले खाने खाना रुच्ने गर्छ । खाना खाँदा वाकवाकी आउने समस्या हराउँछ ।

५) रगत सफा हुन्छ :

पानीले हाम्रो शरीरको रगतलाई सफा राख्न मद्धत गर्छ । यसले रगत संचालनमा मद्धत गर्छ । यसले गर्दा हाम्रो मुटु पनि स्वास्थ्य रहने गर्छ ।

६) पेटको समस्याबाट मुक्त :

खाली पेटमा पानी पिउनाले हामी ग्यास्ट्रिक जस्ता समस्याबाट मुक्त हुन्छौं । यसले गर्दा हामीलाई पेट दुख्ने समस्याबाट मुक्त मिल्छ ।