-खस्रो छालाका लागि दुई चम्चा सुर्यमुखी तेल, दुई चम्चा कागतीको रस र एक चम्चा चिनी मिलाएर बनाएको पेस्ट लगाएर १५ मिनेटपछि विस्तारै स्क्रब गर्दा राम्रो हुन्छ ।


-दैनिक चिसो पानीमा हात खेलाउनासाथ लोसन प्रयोग गर्नुपर्छ । यसले हातलाई नरम बनाउनुका साथै छालालाई चम्किलो पनि बनाउँछ ।

-राति सुत्नुअघि छालामा क्रिम बेस मोस्चराइजर लगाउनु उपयुक्त हुन्छ । यसो गर्दा त्रिम हातमा राम्ररी बस्छ ।

-नुहाउने समयमा हातमा तेल वा क्रिम लगाउनु पर्छ । नुहाएपछि शरीरमा बडी लोसन या क्रिम लगाउनाले छालालाई नरम बनाउँछ ।

-प्रयोग गर्ने तेल तिल या जैतुनको रोज्नु राम्रो हुन्छ । छाला धेरै फुस्रो छ भने बदामको तेल तताएर लगाउन सकिन्छ । शरीरभर मालिस गर्न पनि सकिन्छ ।

-एक चम्चा तिलको तेल, एक चम्चा बदामको तेल तथा एक चम्चा गहुँको तेलको मिश्रण बनाएर हात तथा नङमा दैनिक लगाउँदा फाइदा हुन्छ ।

-बेसन, दही र बेसारलाई मिलाएर बनाएको पेस्ट हातमा लगाएर २० मिनेटपछि हलका स्क्रब गरेर हटाउँदा पनि हात नरम हुन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #घरेलु उपाय #हात नरम