
पानीसँग यी कुराहरू मिसाएर पिउदा पेट ठीक हुन्छ
आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका पानीसंग खाने गर्नुस् ।
दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् ।
एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् ।
दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् ।
एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।
दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस् ।
दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् ।
अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् ।
यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् ।
तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ ।
हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नुस् ।
स्वास्थको सहयोगमा