विल्मा रुडोल्फ अमेरिकाको टिनसी राज्य को एउटा गरिब परिवारमा जन्मीएकि हुन् | चार वर्षको छदा उनलाई डबर निमोनिया र कालाज्वरले ग्रस्त पार्यो | उनि पोलियो ग्रस्त भइन र असाहाय बन्न पुगिन |उनले हिडडुल गर्न ब्रेसको सहारा लिनु पर्यो |

डाक्टरले उनि कहिले आफनो खुट्टाले हिडडुल गर्न नसक्ने बताए | तर आमाले उनलाई हौसला दिईरहिन |  विल्माले भन्थिन < मा संसारकै तेज गतिमा दौडने महिला खेलाडी हुन चाहन्छु >| नौ बर्स को उमेरमा डाक्टरले सल्लाहा  बिपरित ब्रेसको प्रयोग गर्न छोडिदिइन र आफनै खुट्टाले हिडडुल गर्न थालिन |

१५ वर्ष को उमेरमा विल्मा टिनेसी स्टेट विस्वविधालयमा भर्ना भइन त्यहा उनले दौड प्रशीक्षक एड टेम्पोलाई भेटिन | उनले टेम्पोलाई भनिन < मा संसारकै तेज गतिमा दौडने महिला खेलाडी हुन चाहन्छु >| प्रतिउत्तरमा टेम्पो ले भने <यदि तिमीमा दौड जित्ने तीब्र इच्छा छ भने कसैले पनि तिमीलाई रोक्न सक्दैन | मा तिमीलाई सहयोग गर्छु > |

 

उनि उतक्रिस्ट खेलाडीहरु सहभागी भएका ओलम्पिक प्रतियोगितामा सहभागी भईन | त्यहाँ उनले जुटटा हेइनीलाई नियलिन | जुटटा त्यतजेल सम्मको अपराजित खेलाडी थिइन् |प्रतियोगिताको पहिलो खेल १०० मिटरको दौड थियो

| विल्माले जुटटालाई पराजित गरेर पहिलो gold medal जितिन | दोस्रो खेल २०० मिटरको थियो |विल्माले दोस्रो खेल पनि जितिन | तेस्रो खेल ४०० मिटरको थियो | विल्मा फेरी जुटटा संग प्रतिस्प्रधा गरिरहेकी थिइन् | रिले दौडमा प्राय छिटो दौडन सक्ने खेलाडीलाई पछिल्लो पालीमा राखिन्छ | तिन जनाले सहजतापुर्वक आफनो पालो पुरागरे |

आफनो साथीबाट प्याड लिएर विल्मा दौडने सुरमा थिइन उनले प्याड भुइमा खसालिन | उनले जुटटालाइ हेरिन उनि प्याड लिएर दौडन तयार थिइन | विल्माले हत्तपत्त प्याड लिइन र मेसिन नै होकी जसो गरेर दौडन थालिन | उनिले तेस्रो पटक पनि gold meda जितिन | यो कुरा सन् १९६० को हो |

 

यो सत्य घटनाले सफल व्यक्तिहरु समस्याहरूको बाबजुद पनि आफनो कामलाई निरन्तरता दिन्छन भन्ने सन्देस दिन्छ | जब हामी मानिसले आफनो समस्य-कमजोरीलाई मैकामा परिबर्तन गरेको घटना पडछउ वा सुन्छौ | हामीलाई प्रेरणा मिल्छ |