रक्त बवासीरः

रक्त बवासीर वा मूत्र पिशाबमा रगत आउने समस्या, बेथुको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः

ऐमरैन्थको एउटा अर्को स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ ।

यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथु सागको प्रयोग गर्नुस् ।

स्तनको आकार बढाउका लागिः

महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा अरहरको दालसँग बेथुको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।

एनर्जी बुस्टरः

केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ ।

यसकारण बेथु मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः

यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथु सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो ।

बेथुलाई आफ्नो आहार खानामा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

पत्थरीः

पत्थरी भएको छ भने बेथुको साग चालिसदिनसम्म प्रतिदिन खाएमा पत्थरी गल्छ ।

सुजनलाई कम गर्छः

ऐमरैन्थ अर्थात बेथुको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

पिलो , डण्डिफोर र दाग:

फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

तौल घटाउन मद्दत गर्छः

प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ ।

रक्तचाप कम गर्छः

ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछः

औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथुको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो ।

यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप ९झोल०का रुपमा गर्नुपर्छ ।

क्यान्सरको रोकथामः

एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजता :

ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल९दिशा०लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ ।

जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ ।

पिसाबमा जलनः

पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #बेथुको सागका फाइदा