भिटामिन ई कुन खानेकुराबाट पाइन्छ ? यस्ता छन्, भिटामिन ईका फाइदा

भिटामिन ई कुन खानेकुराबाट पाइन्छ ?

सकरखण्ड

तोरी सलगम

एवोकेडो

ब्रोकाउली

आँप

मकै

अन्डा

ड्राई फ्रट्स

बदाम

ओखर

सुर्यमुखीको बीउ

हरियो पत्तेदार तरकारी

भिटामिन ईका फाइदा

-भिटामिन ईको सप्लिमेन्ट लिने व्यक्तिहरुमा अल्जाइमर्स हुने खतरा कम हुन्छ ।

– भिटामिन ईको कमि हुँदा डाइबिटिजको खतरा बढ्छ । यसले इम्युन सिस्टमलाई मजबुत बनाउँछ ।

-कपाल नझर्ने औषधिबाट हुने साइड इफेक्टलाई पनि यसले कम गर्छ ।

– हाम्रो शरीरले भिटामिन ईको निर्माण गर्न सक्दैन । यसलाई पर्याप्त मात्रामा प्राप्त गर्न भिटामिन ईबाट भरपुर खानेकुराहरु खानुपर्छ ।

यो हामीलाई तोरीको तेल, बदाम, तिल, जैतुन आदिबाट प्राप्त हुन सक्छ । त्यसैले नियमितरुपमा खानामा तेलको सेवन गर्नुपर्छ ।

– भिटामिन ईले हाम्रो त्वचाको हेरविचार गर्छ र यसलाई स्वस्थ राख्छ । यसले त्वचाको रुखोपन, चाउरी, समयभन्दा अगावै बुढो हुने तथा सुर्यको हानिकारक अल्ट्रा भोइलेट किरणहरुबाट बचाउँछ ।

-यसले लाल रक्त कणिकाहरुको निर्माणमा पनि सहयोग गर्छ । शरीरमा भिटामिन ईको मात्रा अधिक हुने व्यक्तिहरुमा मुटु रोगका खतरा कम हुन्छ ।

– यसले महिलारुलाई मासिक धर्मका दौरान हुने दुखाईबाट बचाउँछ । साथै महिलाहरुमा स्ट्रोकको सम्भावना पनि कम गर्छ ।

– भिटामिन ईले क्यान्सरबाट पनि बचाउँछ । क्यान्सर लागेका व्यक्तिहरुको शरीरमा भिटामिन ईको मात्रा कम हुन्छ । यो ब्रेस्ट क्यान्सरको रोकथाममा पनि उपयोगी हून्छ ।

स्वास्थको सहयोगमा