– राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने

– गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ

– धुम्रपान, मद्यपान सेवन नगर्ने

– चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने

– शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने, कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ

– बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ

– पोषिलो खानेकुरा खाने

– अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने

– नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने

Topics #गर्भवती महिला #ध्यान दिनुपर्ने कुराहरु