– सजिला आसन र व्यायामले मात्रै तपाईंलाई सिक्स प्याक मिल्दैन । जसका लागि तपाईंले ड्र्यागन फ्ल्याग्स र तुर्किश गेट–अपजस्ता कठिन एक्सरसाइज पनि गर्नुपर्ने हुन्छ।

– जीममा जाने प्राय केटा कार्डियो एक्सरसाइज गर्न मान्दैनन् । जसका कारण पनि उनीहरुको एब्स बन्न पाउँदैन । कार्डियो जस्तो व्यायामले तपाईंलाई लक्ष्यप्रति केन्द्रित हुन मद्दत पुर्याउँछ ।

– डेडलिफ्ट, बारबैल, पुश–अप्स र चिन–अप्स जस्ता व्यायाम नगर्दा पनि एब्स बन्दैन।

– सिक्स एप्स बनाउनका लागि डाइटले पनि महत्वपूर्ण भूमिका खेल्छ । तपाईंको डाइटमा ओट्स, चिकन चेस्ट, माछा, अण्डाको सेतो भाग, ब्रोकाली, ग्रीन टी, कफी, सलाद, तातो पानी र मेटाबोलिज्म बढाउने चीज हुनु पर्छ।

– जीम जानेमध्ये धेरैले शरीरका पार्टको कसरत वेटसँग गर्छन् । तर हामी यो भुल्छौं कि सिक्स प्याक पाउनका लागि एब्सको पनि एक्सरसाइज गर्नु जरुरी हुन्छ ।

एब्सका मसल्सलाई पनि वेट ट्रेनिङ आवश्यक पर्छ । तपाईका मसल्सहरु तब मात्रै मोटा हुनेछन् जब हेभी वेट ट्रेनिङ मिल्छ ।

– तपाईंले लोअर एब्सको एक्सरसाइज गर्नुहुन्न भने त्यसले पनि तपाईंको सिक्स प्याक बनाउने चाहनामा बाधा पुर्याइरहेको हुन्छ । यदि सिक्स प्याक बनाउन छ भने लोअर एब एक्सरसाइज गर्नुपर्ने हुन्छ ।

प्राय केटाहरु जीममा एक्सरसाइज गर्दा आफ्नो लोअर एब्सप्रति ध्यान दिँदैनन् । जसले गर्दा उनीहरु सिक्स प्याक पाउँदैनन् ।

स्वास्थको सहयोगमा 

 

Topics #जीम #सिक्स प्याक