लामो समय गाँडी चलाउँने –

बिच–बिचमा ब्रेक नलिई लामे समयसम्म गाडी चलाउँनाले खुट्टामा ‘ब्लड क्लटिंग’ हुन थाल्छ । यसले खुट्टा सुन्निने समस्या हुन सक्छ । प्रत्येक दुई घन्टामा ब्रेक लिनुहोस् ।

मसालेदार खाना खाने र पानी कम पिउँने-

कार्यालय होस् वा घर, कही न कही मसालेदार खाना खानुहुन्छ, यस्तो खानाले पेटभित्र एसिडको मात्रा बढाउँछ । शरीरभित्र रहेको फोहोर बाहिर ननिस्कनले हुँदा मृगौला र पेटको समस्या हुन सक्छ ।

त्यसैले पर्याप्त पानी पिउनुपर्छ, पानीले शरीरभित्रको फोहोर निकाल्ने काम गर्छ ।

चुइङगम चपाउने-

लगातार लामो समयसम्म चुइङगम चपाउँनाले बंगाराको मांसपेशी खराब हुन सक्छ । यसले बंगारा सुन्निने र दुख्न समस्या बढ्न सक्छ ।

ब्याग बोक्ने-

दिनभरि काँधमा झोला राखेर हिड्नाले काँधमा रक्त प्रवाह सही तरिकाले हुन पाउँदैन । यसले काँधमा दुखाइको समस्या हुनसक्छ ।

झटपट ओछ्यान छोड्नु –

बिहानको समयमा हाम्रो शरीर आराम, स्थिर रहेको हुन्छ । यदि हामी झटपट उठ्यौ भने ब्लड सर्कुलेसन बढेर जान्छ । झट्ट उठ्नाले मांसपेशी खुम्चिन सक्छ । त्यसैले ओछ्यान छोड्नुअघि शरीरलाई तन्काउँने गर्नुहोस् ।

कसिलो बेल्ट बाध्ने –

दिनभरी कसिलो बेल्ट लगाइराख्नले पेट पनि कसिलो हुन्छ । यस्तो अवस्थामा खाना सही तरिकाले पच्न पाउदैन । यसले एसिडिटी वा कब्ज्यितको समस्या हुनसक्छ ।

झुकेर बस्ने –

लगातार लामो समय झुकेर घन्टौँ बस्ने गरेमा मांसपेशी खुम्चने हुन्छ । यसरी बस्नाले गर्दन, कम्मर र काँधमा दुखाई हुनसक्छ ।

स्वास्थको सहयोगमा 

Topics #दैनिक गरिने गल्ती