१. हरियो सागसब्जी र फलफुल

हरियो सागपात बढी खाए आँखा तेज हुन्छ । तर कहिलेकाहीं नभई हरियो सागपात र पहेंलो फलफुलको दैनिक खानुपर्छ । यसले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान गर्दछ ।

हरियो तरकारी र फलफुलमा पाइने ‘केरोटीनाइड’ नामक तत्वले आँखाको भित्री भागलाई स्वास्थ्य राख्दछ ।

२. भिटामीन युक्त खानेकुराः

हुन त भिटामिन शरीरका प्राय अंगहरुलाई चाहिन्छ । तर आँखाका लागि भिटामिनयुक्त खानेकुराहरु बढी खानुपर्छ । भीटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खानाले आँखामा राम्रो असर पार्छ ।

यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छनै, यसले आँखामा हुने मोतियाबिन्दुबाट पनि सधैका लागि मुक्त बनाईदिन्छ ।

३. नियमित भिजाएको बदाम र थोरै काजु

बदाम आँखाका लागि निकै राम्रो खानेकुरा हो । राती बदामलाई पानीमा भिजाएर, बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ । बदामका अलावा काजुलेपनि आँखालाई निकै फाइदा गर्छ ।

तर काजु एकैपटक धेरै खानु हुँदैन । थोरै तर नियमित काजु वा बदाम खानाले आँखालाई निकै राम्रो गर्छ ।

४. माछाः

माछा आँखाको लागि अर्को उपयोगी खाने कुरा हो । माछामा ‘ओमेगा ३ फ्याटी यसिड’ नामक तत्व पाईने हुँदा यसले आँखालाई धेरै फाईदा पुर्याउँदछ । यसले आँखाको ज्योति राम्रो र ताजा बनाइराख्न अझ मद्धत गर्दछ ।

तर माछा खाँदा पनि ध्यान दिनुपर्छ । धेरै अगाडी मारेको माछा फर्मालिन हालेर ताजा बनाउने प्रयास गरिएको समेत पाइन्छ । त्यस्ता माछा खाँदा ध्यान दिनुपर्छ ।

५. कुखुराको अण्डा

कुखुराको अण्डामा ‘ल्यूटिन व जीजेथिन्’ नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ । र यसले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ । त्यसैले दिनको एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ ।

स्वास्थको सहयोगमा 

Topics #चस्मा लगाउनु #हरियो सागसब्जी र फलफुल