
यी खानेकुरा सेवनबाट थाइराइडको समस्याबाट छुटकारा पाइन्छ
माछा ;
मांसाहारीहरुले माछा खानु राम्रो हुन्छ, किनकी यसमा बढि मात्रामा आयोडिन पाइन्छ । त्यसो त सबै माछाहरुमा आयोडिन पाइन्छ, तर समुद्री माछामा बढि मात्रामा पाइन्छ ।
साथै सेलफिश र झिंगा जस्ता समुद्री माछाहरु खानुपर्छ जसमा बढि मात्रामा ओमेगा(३ फ्याटी एसिड पाइन्छ ।
दूध र दही ;
दूध र दहीमा पर्याप्त मात्रामा भिटामिन, मिनरल्स, क्याल्सियम र अन्य पोषक तत्व पाइन्छन् । दही खानाले शरीरमा रोग प्रतिरोधक क्षमता बढ्छ । प्रोबायोटिक्स थाइराइड रोगीहरुमा गेस्ट्रो इन्टेस्टाइनललाई स्वस्थ बनाइराख्न मद्दत गर्छ ।
फल र तरकारी ;
फलफुल र तरकारी एन्टिअक्सिडेन्ट्सको प्राथमिक स्रोत हुन् जसले शरीरलाई रोगहरुसँग लड्न सहयोग गर्छ । तरकारीहरुमा पाइने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ, जसले खाना राम्रोसँग पच्छ ।
थाइराइड भएका व्यक्तिहरुले मुलेठीको सेवन गर्नुपर्छ । यसमा त्यस्ता पोषकतत्व पाइन्छन् जसले थाइराइड ग्रन्थिलाई सन्तुलित बनाउछ र थकान मेटाउँछ ।
हरियो र पत्तेदार तरकारी ;
हरियो र पत्तेदार तरकारी थाइराइड ग्रन्थिका क्रियाहरुका लागि राम्रो हुन्छ । हाइपरथाइराइजिड्मले हड्डीहरुलाई पातलो र कमजोर बनाउँछ ।
त्यसैले हरियो र पत्तेदार तरकारीहरुको सेवन गर्नुपर्छ यिनीहरुमा भिटामिन डी र क्याल्सियम हुन्छन् जसले हड्डीहरुलाई बलियो बनाउँछ ।
रातो र हरियो खुर्शानी, टमाटर र ब्लूबेरी खाँदा शरीरभित्र बढि मात्रामा एन्टिअक्सिडेन्ट जान्छ । त्यसले थाइराइडका रोगीहरुले फल तथा हरियो तरकारीको सेवन गर्नुपर्छ ।
आयोडिन ;
थाइराइडका रोगीले आयोडिनयुक्त भोजन गर्नुपर्छ । आयोडिनले थाइराइड ग्रन्थिको प्रभावलाई कम गर्छ ।
बदाम, काजू र सुर्यमुखीको बिउ ;
आइरन र कपर पर्याप्त मात्रामा भएका खानेकुराहरु खादा थाइराइडको फङ्सनमा सहयोग पुग्छ । आइरनका लागि आफ्नो खानामा बदाम, काजू र सुर्यमुखीको बिउ समावेश गर्नुपर्छ ।
अप्रसोधित अन्न
अप्रसोधित अन्नमा बढि मात्रामा भिटामिन, मिनरल, प्रोटीन र फाइबर हुन्छ । यी अन्न खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्छ । पुरानो खैरो चामल (ब्र्राउन राइस), ओट, जौ, रोटी, पास्ता र भुटेको मकै खानुपर्छ ।
स्वास्थको सहयोगमा