१. घाउ भर्छ :

भिटामिन सीमा उत्कृष्ट हिलिङ पावर हुन्छ । जसले छालाको घाउ चाँडै भर्न मद्धत गर्छ । प्रतिरोध क्षमता कम भएको स्थितिमा यसले संक्रमण फैलन र रोगबाट बच्न सहयोग गर्छ ।

२. एलर्जीः

यसमा पाइने एन्टी हिस्टामाइन तत्वले एलर्जीबाट बचाएर त्यसको लक्षणबाट पनि बचाउँछ । सामान्य चिसोमा पनि भिटामिन सीको प्रयोग गरेर शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

३. तनावः

भिटामिन सीले दिमागलाई स्वस्थ राख्नेमात्र होइन तनावबाट लड्ने एड्रिनेल नामक हर्मोन पनि उत्पादन गरेर तनावबाट बच्न सहयोग गर्छ ।

४. जोर्नीको दुखाई :

जोर्नीमा कोलेजन र कार्टिलेज क्षतिग्रस्त हुँदा, उमेर बढ्दा या कुनै संक्रमणका कारण जोर्नी दुख्ने समस्या आउँछ । भिटामिन सीले जोर्नीका लागि कोलेजन नामक प्रोटीनको निर्माण गर्छ, जसले जोर्नीको दुखाईमा राहत दिन्छ ।

५. क्यान्सर :

भिटामिन सी एक उत्कृष्ट एन्टी अक्सिडेन्ट हो । यसले क्यान्सर र अन्य समस्या पैदा गर्ने फ्रि रेडिकल्सबाट बचाउँछ । यसले रोग प्रतिरोधक क्षमता बढाएर क्यान्सरसंग लड्नमा सहयोग गर्छ ।

यस्तै कोशिका र डीएनएमा हुने परिवर्तनबाट पनि बचाउँछ ।

६. हृदयरोग :

भिटामिन सीमा पाइने एन्टीअक्सिडेन्ट मुटुका लागि लाभदायक हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ र धमनी क्षतिग्रस्त हुनबाट बचाउँछ ।

रक्तकोशिकामा कोलेस्टेरोल जम्नबाट बचाँउछ, जसबाट हृदयाघात र ब्रेनस्ट्रोक हुने खतरा कम हुन्छ । यसले कोशिकाहरुमा रक्तप्रवाहलाई सामान्य बनाउँछ ।

७. दम :

भिटामिन सीले शरीरमा दमका लागि जिम्मेवार मानिएको हिस्टामाइनको उत्पादनलाई कम गर्छ । जसबाट दम या श्वाससम्बन्धी समस्याको सम्भावनालाई कम गर्छ ।

भिटामिन सीको एन्टीअक्सिडेन्ट तत्वले फोक्सोको सफाई गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #भिटामिन सीका फाइदाहरु