१. तुलसीको ६ वा ७ वटा पत्ता उमालेर दिनमा दुई वा तीन पटकसम्म पिउनुहोस् ।

२. मरिजलाई बदामसँग पिसेर सेवन गर्दा पनि फाइदा हुन्छ ।

३. एक गिलास पानीमा एक चम्चा नून हालेर उमाल्नुहोस् । पानी मनतातो भएपछि यसले बिहान र बेलुका कुल्ला गर्नुहोस् ।

४. एक कप पानीमा अदुवाको एउटा सानो टुक्रा उमाल्नुहोस् । मनतातो भएपछि यसमा एक चम्चा मह हालेर पिउनुहोस् ।

५. एक–एक चम्चा मह र कागतिको रस मिसाएर पिउनहोस् ।

६. लसुनका ४–५ केस्रालाई तावामा सेकेर खानुहोस् ।

७. एक गिलास पानीमा दालचिनीको एउटा सानो टुक्रा उमाल्नुहोस् । मनतातो भएपछि यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।

८. एउटा फराकिलो भाँडोमा दुई गिलास पानी उमाल्नुहोस् । नीलगिरीको तेलको दुई वा तीन थोपा हालेर वाफ लिनुहोस् ।

स्वास्थको सहयोगमा 

Topics #घाँटीको दुखाईमा प्रभावकारी उपचार