बहुगुणी जीरा र सक्खर पानीमा मिसाएर खाँदा कुन कुन रोगबाट बच्न सकिन्छ ? जान्नुहोस

कम्मर दुख्दाः

सक्खर र जीरा भएको पानी पिउँदा ढाड वा कम्मरको दुखेको समस्याबाट मुक्ति पाइन्छ ।

रोगप्रतिरोधक क्षमताः

जीरा र सक्खर प्राकृतिक गुणहरूले भरिएका हुन्छन् । यिनीहरूले शरीरभित्रको फोहोर सफा गरेर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछन् ।

रजस्वलाः

रजस्वला अनियमित भएमा र पेटमा पीडा जस्ता समस्या आएमा यस्तो पानी पिउँदा आराम पुग्छ ।

पेट रोगः

कब्जियत, ग्यास, पेट फुल्ने र पेट दुख्ने लगायतका समस्या छ भने सक्खर र जीरा भएको पानी पिउँदा फाइदा हुन्छ ।

टाउको दुखेकोः

टाउको दुख्ने समस्या छ भने सक्खर र जीरायुक्त पानी पिउँदा लाभ मिल्छ । ज्वरो आएको अवस्थामा पनि यो मिश्रणले त्यसबाट छुटकारा दिलाउँछ ।

रक्ताल्पताः

सक्खर र जीरा हालेको पानी पिउँदा शरीरमा रक्ताल्पताको समस्या हट्छ । यसले रगतमा भएका अशुद्धिहरूलाई पनि हटाउँछ ।

यसरी बनाउनुस् मिश्रण

सबभन्दा पहिला एउटा भाँडोमा दुई कप पानी हाल्नुस् । यसमा एक चम्चा फुटाएको सक्खर र एक चम्चा जीरा मिसाएर मज्जाले उमाल्नुस् ।

त्यसपछि त्यसलाई एउटा कपमा हालेर त्यो पानी पिउनुस् । यो पानी एक कप दिनदिनै बिहान खाली पेटमा पिउँदा छिट्टो फाइदा पुग्छ ।

स्वास्थको सहयोगमा