१. चिनीः

आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस् । त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस् ।

यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ । यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ ।

२. बेकिङ्ग सोडाः

फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ हो । यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ ।

साथै एक गिलास मनतातो पानीमा तीन चम्चा बेकिङ्ग सोडा मिसाएर कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ ।

३. भुइँकटहरः

भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस् ।

केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र एक हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ ।

स्वास्थको सहयोगमा 

Topics #हात र खुट्टा फुटेको निको