बासी रोटी खाँदा धेरै रोगबाट छुट्करा पाउन सकिन्छ

ग्यास्ट्रिकको समस्या

लामो समयसम्म भोकै रहँदा यदि तपाईंलाई पनि ग्यास्ट्रिक तथा एसिडिटीको समस्या छ भने बिहानै उठेर दूधसँग बासी रोटी खाने गर्नुहोस् । यसो गर्नाले तपाईंको पाचन प्रक्रियामा समेत मद्दत पुग्ने छ । साथै सुगर समेत कन्ट्रोल हुने छ ।

मानसिक तनाव

पाचन प्रक्रियामा गडबढी भएर तपाईं नियमित रुपमा तनावमा रहनुहुन्छ भने बासी रोटीको सेवनबाट तपाईंले धेरै राहत प्राप्त गर्न सक्नु हुनेछ ।

नियमित रुपमा बिहानै दूधसँग बासी रोटी खाँदा अपचको समस्या समाधान हुनेछ । जसले गर्दा तपाईंको मानसिक तनाव समेत अन्त हुनेछ ।

उच्च रक्तचाप (ब्लड प्रेसर)

यदि तपाईंलाई उच्च रक्तचाप (हाइ ब्लड प्रेसर)को समस्या छ भने बासी रोटी खानु तपाईंका लागि धेरै फाइदाजनक हुने छ । यसका लागि तपाईंले हरेक बिहान चिसो दूधसँग बासी रोटी खानुपर्ने हुन्छ ।

यस्तो गर्दा तपाईंको बढेको रक्तचाप सन्तुलनमा आउने छ ।

स्वास्थको सहयोगमा