चिनी र ओलिभ ओइलः

चिनीले छालालाई एक्सफोलिएट गर्ने काम गर्छ । ओलिभ ओएलले त्यसलाई मोस्चराइज गर्ने काम गर्छ ।

बेकिङ सोडाः

बेकिङ सोडाले स्किनलाई सफा गर्नुको साथै शरिरमा रहेको कालोपनलाई समेत हटाउन मदत गर्छ । यसमा दुध मिसाएर लगाउँदा दाग हट्दै जान्छ ।

बेसन र कागतीः

बेसनले छालालाई भित्र देखिनै सफा गर्ने काम गर्छ भने कागतीले ब्लीचको काम गर्छ । त्यसैले यी दुईको मिश्रणले घुडाँ र कुहिनोमा भएको दाग हटाउन मद्दत गर्छ ।

कागती र महः

कागतीले प्राकृतिक ब्लीचको काम गर्छ । त्यस्तै महले डार्कनेस हटाउने काम गर्छ । लगातार हप्ताभरि यसको प्रयोग गर्नाले केही फरक पाएको अनुभव गर्नुहुनेछ ।

बेसार, मह र दुधः

यी चीजहरुको प्रयोग गरेर पनि कालोपन हटाउन सकिन्छ । महले ड्राई स्किनको मश्च्वराइज राख्ने काम गर्छ । यी तीन चीजहरु बराबरी मात्रा लिएर यसको पेस्ट बनाएर कुहिनो र घुडाँमा लगाउन सकिन्छ ।

स्वास्थको सहयोगमा 

Topics #कुहिनो र घुडाँमा कालोपन