१. टाउको दुखेमा नरिवलको तेलमा ल्वाङको तेल मिसाएर हल्का हल्का टाउकोको मालिस गरेमा टाउकोको दुखाइ ठिक हुन्छ । यो तनावको लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ ।

२. कुनै पनि प्रकारको घाउ वा चोट भएमा ल्वाङको तेल लगाउनाले संक्रमण फैलदैन र ब्याक्टेरिया समाप्त हुन्छन् । कुनै विषालु जिवले टोकेमा पनि यो तरिका अपनाएमा लाभदायक हुन्छ ।

३. अनुहारमा दाग वा डन्डीफोर छन् भने पनि त्यसबाट छुटकारा पाउनको लागि तपाँई ल्वाङको तेल प्रयोग गर्न सक्नुहुनेछ । यसले अनुहारमा भित्रैसम्म पुगेर दाग धब्बा सफा गर्छ र अनुहारलाई बेदाग बनाँउछ ।

४. दाँत वा गिजा दुखेमा ल्वाङको तेललाई कपासमा चोबेर दुखेको ठाँउमा लगाउनुहोस् । यसले केवल दुखाईमा राहत मात्रै दिँदैन यसको ब्याक्टेरिया पनि नष्ट हुन्छन् र गन्ध आउने समस्या पनि हट्छ ।

५. दुखाईको लागि ल्वाङको तेलको प्रयोग धेरै नै प्रभावकारी उपचार हो । कान र दाँत दुखेमा धेरै मानिसहरुले यसको प्रयोग गर्छन् ।

कान दुखेमा यसलाई तेलको साथमा बराबर मात्रा मिलाएर एक देखी दुई थोपा कानमा राखेमा कान दुख्न ठिक हुन्छ ।

स्वस्त्जको सहयोगमा 

Topics #ल्वाङको तेलको फाइदा