१.एलर्जी र हाच्छिँउबाट राहतः

बिहानबिहान ओसिलो घाँसमा हिड्नु धेरै नै राम्रो मानिन्छ । यसो गर्दा पैताला मुनिको कोमल कोषमा जोडिएको तन्त्रिकाहरुले मस्तिष्कसम्म राहत पुर्याउछन् । घाँसमा केही बेरसम्म बस्नाले एलर्जी र हाच्छिँउमा पनि कमी आँउछ ।

२. आँखा तेजिलो बनाँउछः

बिहानको समय ओसिलो घाँसमा खालि खुट्टा हिड्नाले आँखा तेजिलो हुन्छ । केही दिनसम्म नांगो खुट्टाले हरियो घाँसमा हिड्नाले तपाईको चश्माको नम्बर कम हुन सक्छ वा चश्मा नै लगाउन नपर्ने पनि हुन सक्छ ।

३. मधुमेहका बिरामीलाई लाभ हुन्छः

बिहानको समय हिड्नु मधुमेहका रोगीहरुलाई धेरै नै फाइदाजनक हुन्छ ।

डाक्टरकाअनुसार यदि मधुमेह रोगीहरु हरियालीको बिचमा रहेर नियमित गहिरो सास लिँदै खालि खुट्टा हिड्ने गरेमा शरिरमा अक्सिजनको पुर्ति हुन्छ र यो समस्या कम हुन्छ ।

४. तनाव कम हुन्छः

बिहानको समय जति बेरसम्म तपाई हरियालीको बिचमा रहनुहुन्छ उति आफुले आफैलाई स्वस्थ र तनाव रहित महसुस गर्नुहुन्छ ।

हरियो घाँसमा खालि खुट्टाले हिड्नाले मांसपेशीहरुको दुखाई कम हुन्छ । साथै निरन्तर यहि काम गर्नाले तपाईको तनाव बिस्तारै बिस्तारै कम हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #हरियो घाँसमा खालि खुट्टा