– कपाल झर्ने समस्या छ भने त्यसलाई रोक्न नरिवलको तेलमा कपूर मिसाएर मसाज गर्नुस् ।

– बर्खाको मौसममा गोडाहरूमा फंगस आएर सेतो देखिन थाल्छ र चिलाउन थाल्छ । यस्तो अवस्थामा नरिवलको तेलमा कपूर मिसाएर गोडामा लगाउनुहोस् र केही क्षणपछि राम्ररी गोडा धुनुहोस् ।

– अनुहारमा डण्डीफोर आएर उदास हुनुहुन्छ भने नरिवलको तेलमा कपूर नै प्रभावकारी उपचार हो ।

– चोटपटक र डढेको निशाना छ भने पनि यो मिश्रणले काम गर्छ ।

– रुघाखोकी लाग्दा नरिवलको तेल र कपूर मिसाएर छातीमा दल्नुहोस् । त्यसबाहेक पानीमा तेल र कपूर हालेर त्यसको बाफ लिन समेत सक्नुहुन्छ । तर, कपूर धेरै पुरानो चाहिँ हुनुहुँदैन ।

स्वास्थको सहयोगमा 

Topics #नरिवलको तेलमा कपूरको मिश्रण