खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ ।

खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले शरीरमा उर्जा कम गर्छ । त्यसैले फलफूल खाँदा खाना खाएको आधा घन्टापछि मात्र खानु उचित हुन्छ ।

मर्निङवाक गर्नु त राम्रो हो तर खाना खाएर भन्दा हल्का खाना खाएको आधा घन्टापछि मात्र मर्निङवााक गर्नु राम्रो हुन्छ जसले पेटमा एसिड बनाउन सक्दैन र शरीरलाई फाइदा गर्छ ।

खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ ।

चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिनको मात्रालाई नोक्सान पर्याउँछ जसका कारण खाना पचाउनमा समस्या निम्त्याउँछ ।

स्वास्थको सहयोगमा 

Topics #गल्ति खाना खाने बित्तिकै