गहुँः

फाइबर र क्याल्सियमयुक्त गहुँ पिलोको राम्रो औषधि मानिन्छ । गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

प्याजः

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोहोर्‍याउनुस् । पिलो छिट्टै निको हुन्छ ।

निमः

एन्टिबायोटिक तत्वले भरिपूर्ण निममा एन्टि–माइक्रोबियल गुण हुन्छ । बिनासाइड इफेक्ट निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

बेसारः

पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारमा एन्टि–एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ ।

पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ । यस्तै, एक गिलास दूधमा एक चम्चा बेसार हालेर ४/५ दिनसम्म पिएको खण्डमा पनि पिलो छिट्टै निको हुन्छ ।

लसुनः

लसुन पिसेर लेप बनाएर घाउमा लगाउनाले वा दैनिक २÷३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

मेहेन्दीः

पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ । अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

दही, जिरा र कालो मरिचः

दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । पिलोबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

स्वास्थको सहयोगमा 

Topics #घरेलु औषधी जसको प्रयोगबाट पिलो निको