शरीरमा केमिकलः

यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।

नङ बांगिनेः

बारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।

छालाको सक्रमणः

नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।

ब्याक्टेरियाको संक्रमणः

नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ ।

रक्तस्राबः

नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।

आन्द्रामा जुकाः

नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ ।

सासको गन्धः

धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।

मुखमा फोकाः

यदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् ।

यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

स्वास्थको सहयोगमा 

Topics #नङ टोक्दा निम्त्याउँन सक्ने समस्या