मैदाबाट बनेका खानेकुराको अधिक सेवनले तौल बढ्ने समस्या अधिक हुन्छ । मैदाको अधिक प्रयोगले रगतमा कोलेस्टेरोल बढ्नुुका साथै ट्राइग्लिसराइडको तह पनि उच्च हुन्छ ।

मैदा बनाउँदा प्रोटिन पूर्ण नष्ट हुँदा मैदा एसिडिक बन्न पुग्छ । त्यसले हड्डीमा भएको क्याल्सियम सोस्छ र हड्डीलाई कमजोर बनाउँछ ।

मैदामा अधिक मात्रामा ग्लुटन पाइन्छ, जसले मैदालाई लचिलो बनाउँछ । कैयौं मानिसलाई ग्लुटनका कारण फुड एलर्जीको समस्या हुने गर्छ । जबकि, यसको ठीकविपरीत गहुँमा प्रोटिन र फाइबर ज्यादा मात्रामा पाइन्छ ।

मैदाबाट बनेका खानेकुराको सेवनले रगतमा ब्लड सुगरको मात्रा बढ्न थाल्छ, जसले गर्दा रगतमा ग्लुकोज जम्मा हुनथाल्छ । त्यसका कारण रसायन प्रतिक्रिया उत्पन्न भई बाथ र मुटु रोगको जोखिम बढ्छ ।

पेटमा हानी पुर्‍याउने खानेकुरामा मैदा सबैभन्दा अग्रपंक्तिमा आउँछ । यसमा फाइबर रत्तिभर पनि नहुने हुँदा कब्जियतको समस्या निम्त्याउँछ ।

मैदाको सेवनले रगतमा ब्लड सुगरको मात्रा तुरुन्तै बढ्ने गर्छ । यसमा ग्लाइसेमिक इन्डेक्स अधिक हुने गर्छ, जसले गर्दा मधुमेहको खतरा बढ्छ ।

तपाईं पनि मधुमेहबाट बच्न चाहनुहुन्छ भने मैदाको प्रयोग सकेसम्म कम गर्नु नै फाइदाजनक छ ।

स्वास्थको सहयोगमा 

Topics #मैदाबाट बनेका खानेकुरा #शरीरमा रोग