१. आखाँको दृश्य मजबुत बनाउँछः

आँशु ल्याक्रीम ग्ल्याण्डबाट बन्ने गर्छ । आखाँमा यसले लुब्रिकेन्टको काम गर्छ । जब आँखामा डिहाइड्रेसन हुन्छ तब आँखाले धमिलो देख्न थाल्छ ।

आँसुले आँखा पखाल्ने र आइबल र आइलिड सफा गर्ने काम गर्छ । नेशनल आइ इन्सिटुटका अनुसार रुनाले विभिन्न म्युकस मेमब्रेन्सको डिहाइड्रेसन समस्या पनि हल गर्छ ।

२. राम्रो मुड बनाउन मदत गर्छः

सन् २००८ मा साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययनका अनुसार रुनाले राम्रो मुड बनाउने निष्कर्ष निकालेको थियो ।

रुवाइले अध्ययनमा ९० प्रतिशत रोएका व्यक्तिहरुको मुडमा परिवर्तन ल्याउन सफल भएको थियो । त्यस्तै १० प्रतिशतमा भने नकारात्मक प्रभाव देखिएको थियो ।

३. टोक्सिन्स उत्पादन गर्ने काम गर्छः

असह्य पिडा पश्चात मानिस रुने गर्छ । शरिरमा विभिन्न केमिकल उत्पादन हुने गर्छन् जसका कारण पिडा कम हुने गर्छ ।

प्रोटिन प्रोल्याक्टिन, एड्रिनोकोरटिकोट्रोफिक हर्मन, इण्डोरफिन लेउसिन–इन्केफेलिन जस्ता तत्वहरु रोइरहेको अवस्थामा उत्पादन हुने गर्छन् । यी तत्वहरुका कारण मानिसले पिडा कम भएको महसुस गर्न थाल्छ ।

४. ब्याकटेरिया मार्ने काम गर्छः

एउटा राम्रो रुवाइले ब्याकटेरिया मार्ने काम गर्छ । आँशुले फ्लुड लिसोजाइम उत्पादन गर्छ । यो मानिस दुध, सेमन, म्युकस र स्यालिभामा पनि पाइने गर्छ ।

राम्रो रुवाइले ५ देखि १० मिनेटको बिचमा ९० देखि ९५ प्रतिशत ब्याकटेरिया मार्ने काम गर्छ ।

५. तनाबबाट मुक्त गर्ने काम गर्छः

रुनाले शरिरमा रहेको नकारात्मक सोचलाई हटाउने र सकारात्मक शक्ति प्रदान गर्ने गर्छ । जति खुल्ला रुपमा रुन सक्यो उति स्वस्थ हुने र शरिरमा फुर्ति थपिने गर्छ ।

स्वास्थको सहयोगमा

Topics #रुनु स्वस्थकका लागि फाइदा