सोयाबिन खानाले स्वास्थ र सोन्दर्यसँग सम्बन्धित यस्ता विभिन्न फाइदा हुन सक्छ

१. सोयाबिन हड्डीको लागि लाभदायक हुन्छ । यसले हड्डीलाई पोषण दिन्छ जसले हड्डी कमजोर हुँन दिदैन र हड्डी भाँचिने खतरा पनि कम हुन्छ । यसको सेवनले हड्डीको घनत्व बढाउन मद्धत गर्छ ।

२. ब्लडप्रेसरको समस्या भएमा पनि सोयाबिनको सेवन फाइदाजनक हुन्छ । खासगरी ब्लडप्रेसर बढ्ने स्थितीमा यसको सेवनले ब्लडप्रेसर नियन्त्रित गरेर त्यसलाई बढ्नबाट रोक्छ ।

३. डायबिटिजका रोगीलाई पनि यसले प्रभावकारी असर गर्छ र रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरेर त्यसलाई बढ्नबाट रोक्छ । यस तरिकाले तपाईको डायबिटिज नियन्त्रणमा रहन्छ ।

४. सोयाबिनमा प्रोटिन, क्याल्सियम, फाइबर, भिटामिन ई, भिटामिन बी कम्प्लेक्स, थाइमिन, राइबोफ्लेबिन, साइटोस्टेरोल, फेनोलिक एसिड र अन्य कुनै पोषक तत्व हुन्छ जुन स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ ।

५. यसमा भरपुर मात्रामा आइरन हुन्छ । जुन खास गरि महिलाहरुको लागि धेरै नै फाइदाजनक हुन्छ र एनिमियाबाट बचाउनमा लाभप्रद हुन्छ । यसैगरी कमजोरी भएमा पनि यो धेरै नै प्रभावकारी हुन्छ ।

स्वास्थको सहयोगमा