१. यदी तपाईलाई चिया वा कफी पिउनुको खराब बानी छ भने बासी खाना तपाईको लागि एकदमै जरुरी छ । बिहान बिहान बासी खाना खानाले तपाईको चिया तथा कफी पिउने लत विस्तारै कम भएर जान्छ ।

२. शरिरमा कहिलेकाही गर्मी बढ्नाले छालामा विभिन्न समस्याहरु देखिने गर्छन् । यदी तपाईलाई पनि यस्तै समस्या छ भने बासी खाना खाने गर्नुहोस् । ३ दिनमा तपाईलाई राहत महसुस हुन्छ ।

३. शरिरमा कुनै प्रकारको चोट वा घाउ छ भने बासी खाना खानाले चोट निको हुन समेत मदत गर्छ ।

४. बासी भातमा माइक्रो–न्युट्रीएंट्स, धेरै पोषक तत्व र खनिज पदार्थहरु हुन्छ जुन कुराहरु शरिरका लागि फाइदाजनक हुन्छन् । कतिपय मामलामा डाक्टरहरुले पनि बासी खाना स्वास्थ्यका लागि लाभदायक भएको मान्छन् ।

५. यदी शरिरको तापमान अधिक छ भने बासी भात खानाले शरिरको तापमान नियन्त्रित हुन्छ । यसको परिणाम चिसो हुने गर्छ । जसले तपाईको तापमान कम गरेर साना–साना समस्याबाट जोगाउने काम गर्छ ।

स्वास्थको सहयोगमा