हिन्दू धर्मशास्त्रअनसार ननुहाइकन खाना खानु हुँदैन भन्ने मात्र होइन यसको वैज्ञानिक कारण पानी छ

हिन्दू धर्मशास्त्रअनसार ननुहाइकन खाना खानु हुँदैन । धर्मशास्त्रआुसार ननुहाइ खाना खायो भने मल खाए बराबर हुन्छ ।

आजकल पश्चिमको अनुकरण गरेर मानिसहरू यी कुरालाई ध्यान दिँदैनन् तर यसका पछाडि वैज्ञानिक कारण विद्यमान छन् ।

नुहाएपछि हाम्रो शरीरमा पाचनरस उत्तेजित हुन्छ जसले भोजन पचाउन मद्दत गर्छ जबकि नुहाउनुअघि खाना खाँदा शरीरले भोजन पचाउन अतिरिक्त मेहनत गर्नुपर्छ ।

नुहाउनुअघि झोल पदार्थ मात्र खाएको राम्रो तर ठोस भोजन चाहिँ नुहाएपछि नै खानुपर्छ ।

नुहाउँदा शरीरको मल सफा हुन्छ । अनि मञ्जन गर्दा दाँतको फोहर पनि निस्कन्छ । नुहाएपछि शरीर ताजा हुन्छ र स्फुर्ति आउँछ अनि भोक जाग्छ र खाना मजाले पच्छ ।

स्वास्थको सहयोगमा