१. रक्तअल्पता र कमजोरी । मिर्गौला खराब भएसँगै रगमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ ।

२. छालाको समस्या । मिर्गौलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ ।

३. मुखबाट गन्ध आउने । मिर्गौलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ ।

४. रक्तचाप बढ्नु । मिर्गौला खराब भएसँगै रगतमा पानी तथा नुनको मात्रा बढ्दछ, जसका कारण रक्तचाप बढ्दछ ।

५. वाकवाकी लाग्नु । मिर्गौलाको खराबीका कारण शरीरबाट विषाक्त पदार्थ बाहिर आउन नपाउँदा जुनसुकै बेला रिँगटा लाग्ने र वाकवाकी लाग्ने समस्या हुन्छ ।

६. जोर्नी दुख्ने । यो मृगौला रोगको आम लक्षण हो । मृगौला खराब भएसँगै जिउका धेरैजसो जोर्नी दुख्ने समस्या पैदा हुन्छ ।

७. बारम्बार पिसाब लाग्नु । रातमा अझ बढी पिसाब लागिरहनु ।

८. पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु ।

९. पिसाबमा रगत वा पिप देखिनु ।

१०. जिउ सुन्निनु जसलाई इडेमा भनिन्छ । मिर्गौला खराब भएसँगै शरीरमा जम्मा भएको पानी तथा नुन छानिएर बाहिर आउन पाउँदैन, त्यसैले सरीर फुलिन्छ ।

स्वास्थको सहयोगमा 

Topics #प्रारम्भिक लक्षण #मिर्गौलामा समस्या