१. कपुरलाई पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । एउटा कोठामा कपुर जलाउने र सबै झ्याल-ढोका बन्द गरिदिने । १०-१५ मिनेटपछि कोठा लामखुट्टेरहित हुन्छ ।

२. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुन्छ । घरको आसपासमा पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्कनुपर्छ, लामखुट्टेको संक्रमण हट्छ ।

३. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । बर्खामा जम्ने पानी, भाडाबर्तन सफा गरेर पोखाएको पानी आदि जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्छ ।

त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिन हुँदैन । सरसफाई गरेको अवस्थामा लामखुट्टे त्यती चाढै फैलने डर हुँदैन ।

४. घरको झ्याल, ढोका वा कुनैपनि खुला प्वालबाट लामखुट्टे घरभित्र प्रवेश गर्छ । त्यसैले त्यस्ता ठाँउमा जाली हुनुपर्छ, जहाँबाट हावा आउजाउ गर्न सक्छ तर लामखुट्टे सक्दैन । यतिबेला झुलको प्रयोग पनि उपयोगी हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #गर्मीमा लामखुट्टे #भगाउने विधी