१. गुलियो कम खाने

गुलियो सख्खर वा चिनीमा फ्रक्टोज हुन्छ जसले फ्याट बढाँउछ । गुलियो कम खानाले शरिरमा बोसो लाग्दैन ।

२. फलफूल र सागसब्जी धेरै खाने

यसले पेट सफा गर्छ र क्यालोरी इन्टेक कम गर्छ । पाचन प्रणाली पनि ठिक हुन्छ ।

३. लिफ्टको सट्टा सिँढीको प्रयोग

यस्ता सानो सानो कामले पनि क्यालोरी बर्न हुन्छ र शरिरमा फ्याट जम्मा हुन पाँउदैन् । केही तला तल माथि जान परेमा लिफ्टको सट्टा सिँढीको प्रयोग गरेर पनि तपाईले आफ्नो स्वास्थलाई फाइदा पुर्याउन सक्नुहुन्छ ।

४. दिनभरमा ६–८ गिलास पानी पिउने

यसले शरिरको विकार पदार्थहरु बाहिर निकाल्छ । पेट खालि हुन पाँउदैन् र क्यालोरी इन्टेक पनि कम हुन्छ ।

५. खाना चपाइ चपाइ खाने

यसले खाना कम खाइन्छ र क्यालोरी इन्टेक कम हुन्छ । खाना राम्रोसँग पच्छ र फ्याट जम्मा हुन पाँउदैन् ।

६. दैनिक ६ देखी ८ घन्टा सुत्ने

यसले भोक कन्ट्रोलमा राख्छ । हाइ क्यालोरी खाना खाने मन हुँदैन र मेटाबोलिजम राम्रो हुन्छ ।

७. बिहान उठ्ने बित्तिकै एक गिलास पानी पिउने

यसले शरिरबाट विकार पदार्थ हरु हटाँउछ, पाचन प्रणाली राम्रो गर्छ र मेटाबोलिजम ठीक हुन्छ । जसले मोटोपना बढ्न दिदैन ।

८. नियमित शारीरिक अभ्यास गर्ने

यसले ब्लड सर्कुलेशन राम्रो हुन्छ । मांसपेशीहरु कसिलो हुन्छन् र एक्स्ट्रा फ्याट र क्यालोरी बर्न हुन्छ । जसको फल स्वरुप शरीर तन्दुरुस्त हुन्छ ।

९. विहान नास्ता गर्ने

विहान उठेपछि आधा घन्टा भित्र नास्ता गर्नाले दिनको स्वस्थ सुरुवात हुन्छ । विहानको खानामा धेरै क्यालोरीको खाना खानुपर्दैन ।

१०. खानामा प्रोटिन र अन्नहरु लिने

यसले पेट धेरै बेर सम्म भरिरहन्छ । पटक पटक भोक लाग्दैन र पाचन प्रणाली र मेटाबोलिजम राम्रो हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #राम्रा बानी अपनाउनाले #स्वस्थ